नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा जैसी

नेपालगन्ज : नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा कविराम जैसी निर्वाचित भएका छन् ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न पाचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट जैसीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । संघको बरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेल, उपाध्यक्ष ईश्वरी पौड्याल, महासचिव कुलराज सन्ज्याल, उपमहासचिव अकवाल हुसेन मिया र कोषध्याक्ष रविन पौडेल निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा आलोक सिंह, डम्मरबहादुर धामी, रामप्रसाद ढकाल, शम्शेर चन्द, सरिता शर्मा, दुर्गा शाही, कृष्णाकुमारी शाही, अजिज अहमद सिद्दिकी र गुलाम हुसेन शेक रहेका छन् ।