कलाकार नेपालसहित सात जनालाई सम्मान

नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकाले कलाकार खगेन्द्र नेपालसहित सात जनालाई सम्मान गरेको छ ।
४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधबार ठाकुरद्वारामा आयोजित कार्यक्रममा कला र संस्कृतिमा योगदान गरेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कलाकार नेपाललाई सम्मान गरेका हुन् । नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बर्दियाका अध्यक्ष हुन् ।

नेपाल ठाकुरद्वारामा आयोजित लुम्बिनी प्रदेश स्तरीय ४४औं विश्व पर्यटन दिवसको सांस्कृतिक कार्यक्रम व्यवस्थापन उप समितिका संंयोजक पनि हुन् ।

सोही अवसरमा वन, वन्यजन्तु र वातावरणको क्षेत्रमा योगदान गर्ने संरक्षणकर्मी रमेश थापाका साथै पत्रकारहरु कमल पन्थी, यादव आचार्य, भावुक योगी, डिलप्रकाश गौतम र ज्योति पन्थीलाई सम्मान गरिएको थियो ।