इजरायलमा ज्यान गुमाउने विद्यार्थीको श्रद्धाञ्जलीमा संघद्वारा द्वीप प्रज्वलन

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा द्वीप प्रज्वलन गरेको छ ।
हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने नेपाली विद्यार्थीहरुको सम्झना र श्रद्धाञ्जलीमा बुधबार साँझ नेपालगन्जको धम्बोझीस्थित वीरेन्द्रचोकमा मैनबत्ती बालिएको अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष धामीसहित प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, वााणिज्य उपाध्यक्ष हरिलाल न्यौपाने, महिला उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, प्रवक्ता डम्बरबहादुर चन्द, कार्यसमिति सदस्यहरु लगायत उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।