लायन्सद्वारा बझाङ पुगेर भूकम्प पीडितलाई राहात वितरण

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले बझाङका भूकम्प पीडितलाई राहत वितरण गरेको छ ।
गत १६ भदौपछि पटक पटक गएको भूूकम्पबाट पीडित परिवारलाई राहात वितरण गर्न डिष्ट्रिक्ट ३२५ एनका गर्भनर मुकुट ढकालको नेतृत्वमा लायन्सकर्मीको टोली बझाङ पुगेको थियो । दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालको उपस्थितिमा पालिकाका ७ वटै वडाका ३१० घर परिवारलाई लायन्सको एलसीआइएफ इमरजेन्सी ग्रान्टबाट चामल, दाल, तेल, नुन, झुल, तन्ना र पिफम शनिबार वितरण गरिएको गर्भनर ढकालले जानकारी दिए ।


राहत वितरण कार्यक्रममा डिष्ट्रिक्ट टे«जरर तेजप्रसाद अधिकारी, एओजी कृष्णप्रसाद श्रेष्ठ, कमल चौधरी, वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दल र स्थानीय प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।