बी–ग्रुपद्वारा विद्यालयलाई बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री हात धुने स्थान हस्तान्तरण

कुसुम्बा बजार (बर्दिया) : भेरी वातावरणीय बिशिष्टता समूह (बी ग्रुपी बाँकेले बर्दियाको मधुवन नगरपालिकाको एक सामुदायिक विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने बनाएर हस्तान्तरण गरेको छ । मधुवन–५ रामनगरको आनन्द आधारभूत विद्यालयमा निर्मित हातधुने स्थान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल भाटलाई मंगलबार हस्तान्तरण गरिएको हो ।

बी ग्रुपले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवनमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनाले दुई लाख ६७ हजार ८८० रुपैयाँको लागतमा हातधुने स्थान निर्माण गरिएको परियोजनाका फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिइन् ।

हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, विद्यालयमा नियमितता,र स्वास्थ्य सरसफाइमा, अवस्थामा विद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धीमा वृद्धि भएको पाउनुका साथै विद्यालयमा बालबालिकाहरु नियमित भइ रहने र बालविवाहको जोखिम न्यूनिकरण हुने अपेक्षा रहेको वक्ताहरुले भनाइ थियो ।

परियोजनाले विगत २ वर्षदेखि बर्दियाका बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, र गेरुवा गाउँपालिकामा स्थानीय तहसँगको समन्वयमा बालविवाह न्यूनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा,बालविवाह जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण, र विद्यालय स्तरमा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा संस्थाले पैरवी गर्दै आइरहेको फिल्ड सुपरभाइजर गुरुङले बताउँछिन् ।