बाँके प्रहरीद्वारा पालिका स्तरमा पनि सुरक्षा योजना लागू

नेपालगन्ज : बाँके प्रहरीले स्थानीय तह स्तरमा पनि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ ।
दशैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर गाउँपालिकामा विशेष सुरक्षा योजना लागू गरेको इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको विशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी इलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई सुझाव दिएको अध्यक्ष शाहले बताए ।