दशैं २०८० : टीकाको उत्तम साइत ११:०२ मिनेट

नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुको सबैभन्दा ठूलो पर्व विजया दशमी अर्थात बडा दशैं २०८० को टीकाको उत्तम साइत ११ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार कार्तिक ७ गते मंगलबारका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद, टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
यस दिन पश्चिम फर्केर दुर्गा भवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने विश्वास रहेको छ । शास्त्रीय मान्यता अनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन । अर्थात विजया दशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि टिका र जमरा ग्रहण गर्न सकिनेछ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त सकिन्छ । कोजाग्रत पूर्णिमाको दिन दिन भरिनै जुनसुकै बेला पनि जमरा सेलाउन सकिनेछ ।