बाँकेको राप्तीसोनारीमा ९६ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँकेको राप्तीसोनारीमा ९६ जनाले रक्तदान गरेका छन् ।
राप्तीसोनारी ६ वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी शाखाले शुक्रबार आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७६औं पटक र केन्द्रीय सदस्य प्रवास शाक्यले ८०औं पटक र बाँके जिल्ला अध्यक्ष दिलाकुमारी शाहले २६औं पटक रक्तदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी शाखा अध्यक्ष दिव्या गुरुङ्गको अध्यक्षतामा, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तप्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक प्राविधिक होमराज गिरीलाई र महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य गोबिन्द वाग्ले, बाँकेका सल्लाहकार पूर्णलाल चुके, सल्लाहकार तथा समाजसेवी माधवराम वर्मा, सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवाल, समाजका जिल्ला सचिव भीष्म लोध, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका उपाध्यक्ष अमृता केसी, कोषध्यक्ष सुशीला थारु लगायत समाजका पदाधिकारी, स्थानीय स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।