नेपालगन्ज उपमहानगरले दियो भेरीमा १० स्वास्थ्यकर्मी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले भूकम्पका घाइतेहरुको सहज उपचारका लागि भेरी अस्पतालमा १० स्वास्थ्यकर्मी सहयोग गरेको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा उप–प्रमुख जागेश्वर बस्नेत तत्काल स्वास्थ्यकर्मीको अभाव हुन नदिन पाँच जना स्टाफ नर्स, पाँच जना एचए र सिनियर अहेब खटाइएको बताए । कोरोना कहरको बेला पनि उपमहानगरपालिकाले भेरी अस्पतालका लागि स्वास्थ्यकर्मी उपलब्ध गराएको थियो