आर्थिक मन्दीको बेला पनि दिगो विकास सहकारीले कमायो १६ लाख नाफा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको दिगो विकास बचत तथा ऋण सहकारी संस्थाले आर्थिक मन्दीको बेला पनि १६ लाख रुपैयाँ नाफा कमाएको छ ।
टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा कार्यालय रहेको सहकारीले शनिबार सम्पन्न १७औं वार्षिक साधारणसभामा ब्यवस्थापक तारा साउँदले ७ करोड ३६ लाखको कारोबार गरि १६ लाख मुनाफा गर्न सफल भएको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । सहकारीको ३९ लाख ९६ हजारको शेयरपूँजी समेत छ ।
गोविन्द कठायतको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु थिए भने विशिष्ट अतिथि सहकारी संस्थाका संस्थापक खगेन्द्र बहादुर साउँद थिए। सहकारी संस्थाका उपाध्यक्ष जमुना बिकको स्वागत मन्तव्यसँगै सुरु भएको थियो ।
सोही अवसरमा सहकारीले असल ऋणी औतारलाल थारु, जुग्री साउँदलाई र असल बचतकर्ता निर्मला बोहरा, बालकृष्ण चौधरी, चन्द्र बहादुर शाह र बुधराम चौधरीलाई सम्मान गरेको थियो ।
२०६३ सालमा २५ जना शेयर सदस्यबाट शुरु भएको सहकारी ले विभिन्न क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । जसमा कक्षा ११ र १२अध्ययन गरिरहेका मुस्कान साउदको वार्षिक शुल्क समेत तिरिदिएको छ । कार्यक्रममा त्रिभुवन माविका सहायक प्रअ पहलसिंह धामी, धनसिहपुर एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम चौधरी, समाजसेवी पदमराज जोशी, मीनबहादुर कठायत र शेरबहादुर साउँद लगायतले सहकारीको सफलताको कामना गरेका थिए ।