मुख्यमन्त्री कोहलपुर गोल्डकप  : त्रिभुवन आर्मी विजयी

कोहलपुर : ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’मा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं विजयी भएको छ ।
चौथो दिनको खेलमा त्रिभुवन आर्मीले वि.एफ.सी. चितवन क्लबलाई (३—१) गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको १० मिनेटमा वि.एफ.सी. चितवन क्लबका खेलाडी सुजित बुढाथोकीले गोलको खाता खोलेका थिए तर त्यो गोल रक्षा गर्न सकेन । त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले २७ मिनेटमा एक गोल र मानबहादुर बुढामगरले ५६ र ६९ मिनेटमा २ गोल गरी ३ गोल गरेका थिए । त्रिभुवन आर्मीका टंक बस्नेतले म्यान अफ द म्याच भएर पाँच हजार पुरस्कार जिते ।
प्रतियोगितामा आइतबार एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब सिन्धुलीबीच खेल हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए ।