भूकम्पपछि खण्डहर बन्यो जाजरकोट खलंगा (फोटो फिचर)

शंकरप्रसाद खनाल । खलंगा (जाजरकोट)
भूकम्पले जाजरकोट सदरमुकाम खलंगा खण्डहर बनेको छ ।
गत शुक्रबार गएको विनासकारी भूकम्पले भेरी नगरपालिकाको वडा नं. ३ माथिल्लो थाप्लेमा सोमबार दिउँसो मेरोखुसी टिम पुग्दा घर भत्केर बाटो पनि बन्द भएको छ । खलंगाका अधिकांश माटोका कच्ची घरहरु भत्केका छन् । पक्की घरहरु भने चर्केका छन्।