लायन्सले भूकम्प पीडितलाई एक करोडको राहात दिँदै

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५ एन जाजरकोट र रुकुमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ बराबरको राहात दिने भएको छ ।
लायन्स क्याबिनेट सेक्रेटरी उमा थापा मगरका अनुसार नेपालका १५ वटा डिष्ट्रिक्ट ( सी, डी, इ, एफ, जी, एच, आइ, जे, के, एल, एम, एन, पी, आर, एसस)बाट करिब ३५ लाख रुपैयाँ र लायन्स अन्तराष्ट्रियको तर्फबाट ५० हजार डलर गरि झण्डै एक करोड रुपैयाँ बराबरको आवश्यक सामग्रीहरुमा सहयोग हुनेछ ।
यसअघि पनि लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५ एन लगायत विभिन्न डिष्ट्रिक्टहरुले जाजरकोट र रुकुम पश्चिम पुगेर भूकम्प पीडितलाई राहात वितरण गरेका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५ एनको टोलीले १७ लाख बराबरको आपतकालिन राहत जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १ को चिउरी बस्ती, भेरी नगरपालिका वडा नं. १ को राउत गाउँ, पिपे, रिम्रा र कोल्चौरमा ५ सय जनालाई त्रिपाल, बल्यांकेट, चामल, म्याट, खाने तेल, दाल, पिठो, नुन, फ्रुटी, चिउरा, भुजा, बिस्कुट, पिफम, टोपि, जुत्ता, चप्पल, औषधी आदि वितरण गरेर फर्किएको हो ।

मंगलबार पनि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५  ‘के ‘ टिम जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ३ मा १ सय २५ जनाको लागि त्रिपाल र बल्यांकेट र बुधबार डिष्टिक्ट ३२५ ‘एम’ बिाट स्यांडजाको टिम पश्चिम रुकुमको आठबिसकोट नगरपालिका क्षेत्रमा १०० परिवारका लागि आवश्यक सामाग्री लिएर गएको हो।