लक्ष्मीपूजापछि झिलिमिली नेपालगन्ज (फोटो फिचर)

नेपालगन्ज : हिन्दु धर्मालम्वीको दोसो दिन बिहान कुकुर पूजा र साँझमा लक्ष्मी पूजा गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आइतबार साँझ सम्पूर्ण उद्योगी व्यवसायीको व्यवसाय बृद्धिको कामना गर्दै त्रिभुवन चोकस्थित कार्यालयमा लक्ष्मीपूजा गरेको थियो । संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीमबहादुर रानाभाट कर्ता भएर लक्ष्मीपूजा गरेका थिए ।

दीपावली तथा लक्ष्मीपूजा कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी, पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बस्नेत, कार्यसमिति सदस्य सन्तोष पौडेल, नन्दाराम जैसी, सुदन केसीलगायतको सहभागिता रहेको थियो ।

बाँके लगायत विश्वभरका हिन्दुधर्मालम्वीहरुले घर, कार्यालय, उद्योग, व्यवसायमा लक्ष्मीपूजा गरेका छन् । लक्ष्मीपूजापछि नेपालगन्जका घर विद्युतीय बत्तिबाट झिलिमिली भएको छ ।

लक्ष्मीपूजापछि नगरमा देउसी खेल्ने सुरु गरिएको थियो । नगरका धेरै टोलमा राति अबेरसम्म देउसी खेल्ने युवायुवती र बालबालिका भेटिएका थिए ।