अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश

नेपालगन्ज : अवधी सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा रमेशचन्द्र कुमाल निर्वाचित भएका छन् ।
प्रतिष्ठानको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो अधिवेशनले कुमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।

प्रतिष्ठानमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक, जहिरुल हक जीनू, चन्दा सिंह, अल्पना वैश्य, नीलम शर्मा, सतिश पाठक, नितेष विश्वकर्मा, सुशीला वैश्य पनि सर्वसम्मत चयन भएका हुन् ।
कार्य समितिको बैठकले विभिन्न पदाधिकारी चयन गर्ने प्रतिष्ठानका अध्यक्ष कुमालले बताए । बाँकेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले अवधी भाषा, साहित्य कला, संस्कृतिको क्षेत्रमा एक दशक भन्दा बढी समयदेखि क्रियाशील रहेको छ ।