बागेश्वरीमा छठको रौनकता (फोटो फिचर)

अन्जना धितालनेपालगन्ज
तराईको ठूलो पर्व छठमा नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको तलाउमा रौनकता देखिएको छ ।
छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन मधेसी समुदायका हिन्दु ब्रतालु महिलाहरुको घुँइचोे छ । । अवधि, मैथली र भोजपुरी भाषीका लागि छठ ठूलो पर्व हो । सोमबार बिहान उदाउँदो सूर्र्यलाई अर्घ दिएपछि बिहीबारदेखि सुरु भएको चारदिने छठ सम्पन्न हुन्छ । नेपाल सरकारले आइतबार छठका अवसरमा सार्वजनिक विदा दिए पनि सोमबार भने लुम्बिनी प्रदेश सरकारले बाँके, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा पनि सार्वजनिक विदा दिएको छ ।