उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

सुर्यलाई अर्घ्य दिँदै ब्रतालुहरु । फोटो :शैलेन्द्र गौतम निर्मोही/नेपालगन्ज ग्यालरी

अन्जना धिताल । नेपालगन्ज 

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको सोमबार बिहानै अर्घ्य दिएर सम्पन्न भएको हो । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको जलाशयमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाएका थिए । अघिल्ला वर्षहरु भन्दा यो वर्ष बागेश्वरीमा छठका ब्रतालु महिलाहरुको संख्या धेरै थियो ।

फोटो :शैलेन्द्र गौतम निर्मोही/नेपालगन्ज ग्यालरी