सत्ती कृषि सहकारी संस्थाको अध्यक्षमा वैद्य

मानबहादुर ठकुल्ला । टीकापुर
सत्ती कृषि सहकारी संस्थाको अध्यक्षमा संजीवकुमार वैद्य निर्वाचित भएका छन् ।
सहकारीको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले वैद्यको नेतृत्वमा ९ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । सहकारीको उपाध्यक्ष धर्मराज जैशी,सचिव सुमनप्रसाद तिमिल्सेना र कोषाध्यक्ष चन्द्रबहादुर शाह चयन भएका छन् । सदस्यमा राजकुमारी चौधरी, कला चलाउने धामी,समीक्षा सुनार, खेमानसिह पुनमगर, विमल चौधरीलाई चयन गरिएको छ । लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा जगत ठकुल्लालाई चयन गरिएको छ भने सदस्यमा रेवन्ती श्रेष्ठ र रामकृष्ण भट्टराई रहेका छन् ।
सहकारी संस्थाका अध्यक्ष खड्कप्रसाद भण्डारीको अध्यक्षता भएको सातौं साधारणसभामा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने रहेका थिए भने बिशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा न ६ का अध्यक्ष बलीराम चौधरी रहेका थिए । साधारणसभामा अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष खड्कप्रसाद भणडारीले प्रस्तुत गरेका थिए । कृषि सहकारीले वार्षिक ७० लाख बराबरको कारोबार गरेको छ भने ३ लाख ९ हजार १४ रुपैया नाफा कमाउन सफल भएको छ ।
सहकारीका उपाध्यक्ष धर्मराज जैशीको स्वागत मनतव्यसँगै सुरु भएको कार्यक्रममा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठ, धनसिहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साउँद, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेत, टीकापुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।