भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथन (फोटो फिचर)

नेपालगन्जको वाकाथनका सहभागीहरु

नेपालगन्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगन्जमा पैदल यात्रा गरिएको छ । बास नेपालको आयोजना तथा अन्तरालको व्यवस्थापनमा शनिबार बिहान नेपालगन्जमा तेस्रो वाकाथन आयोजना गरिएको हो ।

भ्रष्टाचार विरुद्धका लागि सँगै हिँडौं भन्ने मूल नारासहित गणेशमान चोकबाट नेपालको राष्ट्रिय झण्डा र भ्रष्टाचारविरोधी गीत बजाउँदै सयौंको संख्याका नागरिक अगुवा, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, विद्यार्थी, खेलाडीलगायतले वीपी चोकहुँदै धम्बोेझी चोकसम्म झण्डै एक किलोमिटर पैदल यात्रा गरेका थिए । विभिन्न क्षेत्रका ब्यक्तिले वाकाथनमा ऐक्यबद्धता जनाएका थिए । बासले सन् २०२१ बाट हरेक वर्ष वाकाथन आयोजना गर्दै आएको छ ।