६ लाख ७८ हजारको सुनको अवैध गहनासहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले झन्डै सात लाख रुपैयाँको अवैध सुनको गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगन्जको चारबाहिनी चोकबाट भारतीय नं. प्लेटको मोटरसाइकलमा जमुनाहातर्फ जाँदै गरेका भारत बाबागंज बस्ने बर्ष ४० को बब्लु भन्ने संजयकुमार सोनीलाई शंका लागेर खानतलासी गर्दा मंगलबार सुन बरामद गरिएको हो ।
प्रहरीले सोनीबाट मिनीहार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो गरी १० थान, लकेट एक थान, कानमा लगाउने झाला ४ थान, औंठी एक थान गरी ७० ग्राम सुनको बजारमूल्य ६ लाख ७८ हजार १५८ रुपैयाँ बराबरको रहको प्रहरीले जनाएको छ ।