टीकापुरमा भण्डारण गरेको अवैध प्याजसहित ब्यक्ति पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
भारतबाट तस्करी गरेर नेपाल भित्र्याइएको अभियोगमा ठूलो परिमाणको प्याज प्रहरीले बरामद गरेको छ ।
करिब ७ लाखभन्दा बढी मूल्य बराबरको सामान टीकापुर नगरपालिका वडा नम्बर ४ मौरनियाँबाट प्रहरीले बरामद गरेको हो। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर बाट सइ सुशील चन्द ठकुरीको कमान्डमाखटिएको प्रहरीको सादा पोशाकको टोलीले शुक्रबार बिहान मौरनिया बाट सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बरामद गरेको सामानमध्ये प्याज ४८ बोरा, श्यामल सुर्ती ६० पोका चकलेट ३ पेटी, बिँडि २२० पोका, खुर्सानी ३ बोरा, पोलिथिन ३५ पोका, पक्राउ गरेको जनाएको छ भने टीकापुर ४ मौरनियाँका वर्ष २२ का नेमिस चौधरीलाई भे २ स २३८८ नम्बरको अटो रिक्सामा लोड गरिराखेको सामान सहितपक्राउ गरेको प्रहरीले जनाइएको छ । अटोमा ललिपप २ बोरा, फिरफिरे १ बोरा र चकलेट ३ पेटी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अटो रिक्सा र सामानसहित करिब ७ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले बताएको छ । बरामद सामान र पक्राउ परेका नेमिस चौधरीलाई अनुसन्धानकालागि सत्ति भन्सार कार्यालय बुझाएको प्रहरी नायब निरीक्षक सुशील चन्द ठकुरीले बताए ।
बरामद गरिएको प्याज भारतीय चौथिया नामको व्यापारीको रहेको स्रोतले जानकारी दिएको छ । भारतीय बजार तिकुनियाँ देखि मौरनियाँ सम्म नेपाली र भारतीय नागरिकलाई साइकलमा क्यारिङ गर्न लगाउने र त्यहाँबाट ट्रकमा लोड गरेर नेपाली बजारमा उनले पठाउने गरेको श्रोतले जानकारी दिएको छ ।