लक्ष्मीनारायण सहकारी ६२ लाख मुनाफा कमाउन सफल

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणपुरले ६२ लाख मुनाफा कमाउन सफल भएको छ ।
सहकारीको शनिबार सम्पन्न १५औं वार्षिक साधारणसभामा वार्षिक खर्च कटाएर करिब ६२ लाख मुनाफा आर्जन गरेको जानकारी दिइयो । कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर नगरपालिकाभित्र ७७ वटा सहकारी रहेकोमा केही सहकारी मात्र चालु रहेकोमा टीकापुरको ६ र ७ नम्बरमा कार्यक्षेत्र भएको लक्ष्मीनारायण सहकारी अरु संस्था भन्दा सफल भएको बताए ।
सहकारीको मेरुदण्ड शेयर सदस्य हुन, उहाँहरुलाई माथि उकास्नु सहकारीको जिम्मेवारी हो ।ू उनी भन्छन्, ूयदि कुनै पनि सहकारी संस्थाहरूमा शेयर सदस्य छैनन् भने त्यो संस्था कहिल्यै माथि उठ्न सक्दैन ।ू उनले सहकारी संस्थाको सबै भन्दा महत्वपूर्ण गहना भनेको इमानदारिता रहेको बताउँदै सहकारी आफैमा घर हो, सहकारी इमानदारीता हो यसलाई सदैव उच्च राख्नु पर्ने समेत बताए । टीकापुरको विकासका लागि सकारात्मक सोचको कमि मात्रै हो, बाकी टीकापुर नगरपालिका धेरै कुरामा सबल छ ।
सहकारी संस्थाको अधिकृत शेयर पूँजी ५ करोड रहेको जसमध्ये २०८० साल अषाढ मसान्तसम्म चुक्ता शेयर पूँजी ९८ लाख तीन सय ५० रुपैयाँ रहेको छ । संस्थाको गत वर्षको निक्षेप ६ करोड २० लाख ३२ हजार ६ सय ४ रुपैयाँ रहेकोमा गत वर्षको तुलनामा ८.५१ प्रतिशतले वृद्धि भई २०८० अषाढ मसान्तसम्म संस्थाको कुल निक्षेप ६ करोड ७९ लाख ३१ हजार तीन सय ४८ रुपैयाँ रहेको छ । साथै संस्थाले आर्थिक वर्ष २०७९र०८० मा ६२ लाख ४४ हजार ५ रुपैयाँ ०३ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ। कार्यक्रममा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिएको बन्दै भानुभक्त आधारभूत विद्यालयकी प्रधानाध्यापक माया साउँद, उत्कृष्ट ऋणी विश्वराज चौधरी, उत्कृष्ट बचतकर्ता रामनारायण चौधरी, बन्धना चौधरी, रामप्रसाद चौधरी, रोहित महत्तो, दुर्गा बुढा, अजुवा चौधरी र व्यक्तिगत निक्षेपकर्ता प्रेमराज आचार्यलाई सहकारी संस्थाले सम्मान गरेको थियो ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष युवराज नायकले गरेका थिए भने कार्यक्रममा शेयर सदस्य चतुरप्रसाद खनाल, पत्रकार भीम विक, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक किरण धिताल, भानुभक्त आधारभूत विद्यालयकी प्रधानाध्यापक माया साउँद, रानीकर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनसिंह साउँद, सुनसनीया ग्रामीण विद्युुत सहकारी संस्थाका अध्यक्ष पहलमान चौधरी, निरन्जन ग्रामीण विद्युुत सहकारी संस्थाका अध्यक्ष नन्दसिंह बोहरा, राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाका अध्यक्ष देवबहादुर बुढाथोकी, नारायणपुर खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी खनाल, सहकारी संस्थाका निर्वाचन समिति संयोजक वीरेन्द्र शाह, सामुदायिक सहकारी संस्था लिमिटेडका अध्यक्ष पहलबहादुर बस्नेत, साबिक नारायणपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँद, टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरी लगायतले शुभकामना दिएका थिए ।