टीकापुरको सामुदायिक सहकारी संस्था २३औं वर्षमा प्रवेश

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सामुदायिक सहकारी संस्था लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ ।
टीकापुर–७ सत्तीको सत्ती–कर्णाली सामुदायिक वन उपभोक्ता समूहमार्फत २०५७ सालमा स्थापना भएको सहकारीले शनिबार २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सामुदायिक सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहेका थिए । संस्थाका कोषाध्यक्ष जितराम चौधरीको स्वागत मन्तब्यसँगै सुरु भएको वार्षिक साधारणसभामा अध्यक्ष बस्नेतले संस्थाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । ८६ जना शेयर सदस्यबाट सञ्चालन गरेको यस सहकारीले यस वर्ष ७४ लाख ९९ हजार २५७ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ भने शेयर प्रजी एक करोड ५७ लाख ९७ हजार ९ सय रुपैयाँ पुगाउन सफल भएको छ । सहकारीले ऋण लगानी १४ करोड ११ लाख १५ हजार ९ सय ९३ रुपैयाँ गरेको छ । हाल सहकारीमा दुई हजार १७६ जना शेयर सदस्य छन् । सहकारीले सामाजिक क्षेत्रमा समेत काम गरिरहेको छ । जस अन्तरगत ८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यसैगरी खेलकुदका क्षेत्रमा सत्ती क्षेत्रसहित टीकापुरलाई फुटबलको माध्यमबाट चिनाउन र राष्ट्रिय स्तरको फुटबल खेल्न सफल माधव भण्डारी, उत्कृष्ट कृषक ३ जनालाई समेत दोसल्लासहित सम्मान गरेको छ ।

साधारणसभामा समाजसेवी नरेश्वर धमाला, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति टोपबहादुर केसी , पत्रकार ईश्वर साउँद, सहकारी संस्थाका निवर्तमान अध्यक्ष हरिकुमार कार्की, साबिक धनसिहपुर गाविसका पूूर्वअध्यक्ष जंगबहादुर साउँद, टीकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेलगायत शुभकामना मन्तब्य राखेका थिए ।