४ किलो चरेससहित कैलालीमा ३ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले चार किलोग्राम लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको चुरे गाउँपालिका वडा नं. ५ खानीडाँडास्थित झालपोखरीबाट चरेससहित ५० वर्षको गोरे जागरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हा । जागरीको होटलमा चरेस लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा करिब चार किलोग्राम चरेस, तराजु थान एक ,एक किलोको ढक थान एक र आधा किलोको ढक थान एकसहित बझाङ बुङगल नगरपालिका वडा नं. ०१ बस्ने वर्ष ३८ को कर्णबहादुर धामी र वडा नं. २ बस्ने वर्ष ३३ को अमर धामी र होटल साहु गोरे जागरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ११ बजे उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको पहरीले जनाएको छ ।