महिला उद्यमीको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु

नेपालगन्ज :  महिला उद्यमीको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ ।
महिला उद्यमीहरुको उत्पादनलाई बिक्री गर्न महिला उद्यमी संघ नेपाल बाँकेको आयोजना गरेको प्रदर्शनीको यो आठौं संस्करण हो । नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रदर्शनीको नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले मंगलबार प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरेका हुुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा पुस २४ देखि २८ गतेसम्म प्रदर्शनी हुनेछ । महिला उद्यमले सञचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामग्रीहरुका स्टल प्रदर्शनीमा रहनेछन् । जहाँ ६५ वटा स्टल छन् ।
सोही समारोहमा संघले उद्यमको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने महासंघ अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गरेको थियो ।