कैलालीको भजनीमा ३२ प्रतिशत मुद्दा आत्महत्याका

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको इलाका प्रहरी कार्यालय भजनीमा चालु आर्थिक वर्षमा ३२ प्रतिशत जाहेरी आत्महत्याका दर्ता भएका छन् ।
इप्रका प्रमुख प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष ०८० ८१ को मा पुस २७ गतेसम्म विभिन्न १६ शीर्षकका ५६ वटा जाहेरी दर्ता भएकोमा आत्महत्याका मात्र १८ वटा छन् । जुन प्रहरी कार्यालयको कूल जाहेरीको ३२.१४ प्रतिशत हो । प्रहरीमा दर्ता भएका जाहेरीमा सबैभन्दा बढी आत्महत्याका नै रहेका छन् । ती सबै झुन्डिएर आत्महत्या गरका हुन् । जनचेतना कमीका कारण आत्महत्याका घट्ना बढी भएको निष्कर्ष निकाल्दै प्रमुख जोशी सचेतनामूलक कार्यक्रम सञचालन गरेर आत्महत्या न्यूनिकरण गर्न सकिने बताउँछन् ।
भजनी क्षेत्रमा दोश्रो बढी मुद्दा लागूर्आषधका ७ वटा रहेका छन् । खुला सीमाना भएका कारण लागूऔषधका घट्नामा पनि बृदि भएको सरोकारवालाहरुको ठम्याइ छ । जसका लागि समुदाय स्तरमा र युवाहरुमा लागूऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने भजनी नगरपालिका वडा न ५ का वडाध्यक्ष केशब बुढाले बताए ।
सामाजिक हितबिरुद्धका ६ वटा, जबरजस्ती करणीको ५ वटा, जबरजस्ती करणी उद्योग, पानीमा डुबेर मृत्यु, बैंकिङ कसुर र सवारी ज्यान सम्बन्धी तीन तीन वटा, करेन्ट लागेर मृत्यु भएका, र बहुबिवाह सम्बन्धी दुई दुई वटा, ज्यान मार्ने उद्योगm माजुवा तास सम्बन्धी, फुट्कर ज्यान सम्बन्धि, ठगी, आत्महत्या दुरुत्साहन र बैवाहिक करणी सम्बन्धी एक एक वटा मुद्दा दर्ता भएको जोशीले बताए । गत आर्थिक वर्षमा ९२ वटा मुद्दा दर्ता भएका थिए ।