राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : क्वाटर फाइनलका खेल सम्पन्न

नेपालगन्ज : प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् । जसअन्र्तगत विभिन्न विधामा गरि ३२ जना खेलाडीहरु सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न खेलहरुमा पुरुष एकलतर्फ एपीएफका प्रिन्स दहालले एपीएफकै क्षितिज खनाललाई २१–१६,२१–१२ ले तथा नेपाल प्रहरीका जीवन आचार्यले एपीएफका रोशन साउँदलाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । त्यसैगरी एपीएफका अमन महर्जनले एपीएफकै सुजन थापालाई ९–२१, २१–१८,२१–१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१–३,२१–४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१–६, २१–५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिन् । त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१–८, २१–१८ ले तथा एपीएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१–७, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।
यसैगरी, पुरुष युगल (बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापा मगरको जोडीले दाङका कमल चन्द र विशाल सुवेदीको जोडीलाई २१–१०,२१–१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडीले टीकापुरका सुरज वैदार र राजन शेरचनको टोलीलाई २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे। त्यसैगरी गुलरियाका शरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१–१४, २१–१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दीपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१–१८,२१–१७ ले तथा एपीएफका अमन महर्जन र रोशन साउँदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूर्णबहादुर थापाको जोडीलाई २१–१२, २१–१७ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । त्यसैगरी एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१–१५, २१–१४ ले तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । पुरुष युगल (भेट्रान्स ४५ प्लस) बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१–१६,२१–१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुषालको जोडीलाई २१–१३, २१–८ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । त्यसैगरी स्टारलाइटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१–१६, २१–१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१–१६, १८–२१, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार सेमिफाइनल र फाइनलका लागि शनिबार १५ वटा खेल हुनेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी उपाधिका लागि फाइनलमा भिड्नेछन् ।
नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपीएफ तथा नेपाल पुलिससहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागिता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।