नेपालगन्ज नर्सिङ्ग क्याम्पसले मनायो ५४औं स्थापना दिवस

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ्ग क्याम्पसले ५४औं स्थापना दिवस मनाएको छ ।
क्याम्पसले सोमबार नेपालगन्जमा आयोजना गरेको वार्षिकोत्सवमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्यासिंह शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । डिन शाहले नेपालगन्ज नर्सिङ क्याम्पसलाई संस्थानको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
संस्थानका सहायक डीन प्रा. तक्मा के.सी.ले क्याम्पसलाई थप योजना बनाएर अघि बढाउने बताएकी थिइन्् ।
क्याम्पस प्रमुख श्री तुलसा सुनारको अध्यक्षतामा र स्वागत मन्तव्य उप-प्राध्यापक सुनिता आचार्यले गरेको कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवन रायमाझी, भेरी अस्पतालकी नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी के सीलगायतले नर्सिङ पेशाको चुनौती र अवसरबारे धारणा राख्दै क्याम्पसको उन्नती प्र्रगतिका लागि शुभकामना दिएका थिए । सो अवसरमा क्याम्पस प्रमुख सुनारले वर्ष भरि गरेको कार्य र भएका प्रगतिको बारेमा जानकारी गराएकी थिइन् ।

वार्षिकोत्सवको अवसरमा क्याम्पसकम २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारी पैकराम पासी र शिक्षक सरस्वती पि.सि.लाई सम्मान गरिएको थियो ।

क्याम्पसमा वर्षभरि गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा क्याम्पसका छात्राहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।