सुल्झियो सत्ती कर्णाली सामुदायिक वनको विवाद : साउँद र चौधरीद्वारा उम्मेदवारी फिर्ता, चौधरी र ठकुल्ला बने अध्यक्षका नयाँ प्रत्यासी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर-७ मा रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहकोे अध्यक्ष पदमा उम्मेदवारी दिएका धनसिह साउँद र प्राङ्कुश चौधरीले उम्मेदवारी फिर्ता लिएसँगै निर्वाचन प्रक्रिया सुरु भएको छ ।
पन्ध्र दिनदेखि अवरुद्ध निर्वाचन प्रकृिया अध्यक्षका दुबै उम्मेदवारले मंगलबार उम्मेदवारी फिर्ता लिएसँगै विवाद सुल्झिएको निर्वाचन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिए । अध्यक्ष पदमा जितराम चौधरी र शेरबहादुर ठकुल्लाले उम्मेदवारी दिएका छन् ।मंगलबार दिउँसो ४ बजेसम्म दुबै पदका दागि दावी बिरोध र उम्मेदवारी फिर्ताको समय दिएको थियो । सहमति हुन नसकेमा चुनाव चिन्ह प्रदान गरेर आगामी २० माघका दिन शनिबार मतदान हुने संयोजक शाहले जानकारी दिए ।