सत्ती कर्णाली सामुदायिक वन निर्वाचन : चौधरी र ठकुल्लाको प्यानलसहित अध्यक्षमा उम्मेदवारी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जीतराम चौधरी र शेरबहादुर ठकुल्ला नेतृत्वको दुई प्यानलसहित चुनावमा होमिएको छ ।
टीकापुर नगरपालिका वडा न ७ सत्तीमा रहेका यो वन समूहको कार्य समिति चयन प्रक्रियाको विवाद अध्यक्षका दुबै उम्मेदवारले फिर्ता लिएपछि पन्ध्र दिनदेखि हुन सकेको निर्वाचन प्रक्रिया फेरि दुई प्यानलबीच प्रतिष्पर्धा सुरु भएको हो ।
जितराम चौधरी अध्यक्षको उम्मेदवार रहेको प्यानलमा उपाध्यक्ष मन्जुदेवी चौधरी कोषाध्यक्षमा अस्मिता ठकुल्ला र सहसचिवमा मोहनबहादुर रावल रहेका छन् । त्यस्तै सचिवमा चौधरी प्यानलका रामकृष्ण चौधरी निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा साबिक धनसिंहपुर गाविस वडा न २ बाट रमेश वादी, झरना दमाई, फूलकुमारी डगौरा थारु, नरायणपुर ८ बाट गायत्री देवी स्वाँर, जसुदेवी बिष्ट, सन्तोष नेपाली, नारायणपुर ७ बाट साधुराम चौधरी, दिलकुमारी पुनमगर रहेका छन् ।
जितराम चौधरीको प्यानलबाट नारायणपुर ५ का प्रेमलाल श्रेष्ठ र जानकीकुमारी डगौरा थारु निर्विरोध रुपमा निर्वाचित भइसकेका छन् । यता शेरबहादुर ठकुल्लाको प्यालनबाट उपाध्यक्षमा कला चलाउने धामी, कोषाध्यक्षमा राधाकुमारी जिसी र सह सचिवमा ओमलाल सुनार रहेका छन् । त्यसै गरी सदस्य पदका लागि साविक धनसिहपुर गाविस वडा न २ बाट चेतना नेपाली, सेतबहादुर साउँद, गंगा बिक रहेका छन् । नारायणपुर ८ बाट शारदा स्वाँर, नन्दादेवी साउँद, भीमबहादुर चौधरी, नारायणपुर ७ बाट मोसिया डगौरा थारु र मंगलबहादुर पुनमगर चुनावी मैदानमा रहेका छन् । सामुदायिक वनमा १२ सय भन्दा बढी उपभोक्ता छन् ।