सत्ती कर्णाली सामुदायिक वनमा अध्यक्षसहित चौधरी प्यानलको बर्चश्व

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिमा जीतराम चौधरीले प्यानलले बर्चश्व जमाएको छ ।
झट्ट हेर्दा स्थानिय तहको निर्बाचनको झल्को दिने गरि भएको चुनावमा अध्यक्ष चौधरीसहित १२ जनाले चुनाव जितेका छन् । अध्यक्षमा चौधरीले शेरबहादुर ठकुल्लालाई १८० को मतान्तर जित हासिल गरेका छन । चौधरीले ५३३ मत ल्याएका छन भने ठकुल्लाले ३५३ मत ल्याए ।

त्यसैगरी चौधरी प्यानलका उपाध्यक्ष मन्जु देवी चौधरीले पनि विजयी भएकी छन । उनले ४८० मत ल्याइन भने उनका प्रतिस्पर्धी कला चलाउने धामीले ३३० मत ल्याइन ।

चौधरी प्यानलकै कोषाध्यक्षमा अस्मिता ठकुल्ला विजयी भइन् । उनले ५१९ मत पाइन् भने उनकी प्रतिस्पर्धा राधा जिसीले ३११ मत ल्याइन् । सहसचिवमा मोहनबहादुर रावल पनि विजय भएका छन् । रावलले ५२२ मत ल्याए भने उनका प्रतिस्पर्धी ओमलाल सुनारले ३०७ मत ल्याए भने सचिवमा चौधरी प्यानलका रामकृष्ण चौधरी निर्वाचन अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । त्यसै गरी सदस्यमा साविक धनसिंहपुर गाविस वडा न २ चेतना नेपाली, सेतबहादुर साउँद, गंगा बिक विजयी भएका छन् । यी तीन जना भने ठकुल्ला प्यानलका हुन् । नारायणपुर ८ बाट गायत्री देवी स्वाँर, जसु देवी बिष्ट, सन्तोष नेपाली विजयी भए । नारायणपुर ७ बाट साधुराम चौधरी ,दिलकुमारी पुनमगर विजयी भएका छन भने जितराम चौधरीको प्यानलबाट नारायणपुर ५ का प्रेमलाल श्रेष्ठ र जानकी कुमारी डगौरा थारु निर्विरोध रुपमा निर्वाचित भइसकेका थिए । सामुदायिक वनमा १२ सय भन्दा बढी उपभोक्ता छन । १०५६ जनाले मतदान गर्न पाउने भए पनि मत भने ९३९ मत खसेको थियो ।