टीकापुर-७ मा जग्गाको निस्सा वितरण सुरु

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको टीकापुरमा भूमिहीन सुकुम्बासी,अव्यवस्थित बसोबास र दलित सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण सुरु भएको छ ।
टीकापुर ७ मा रहेका भूमिहीन सुकुम्बासी १३० घरपरिवार, अब्यवस्थित बसोबास ६२१ र दलित सुकुम्बासी २६ घरपरिवारलाई आइतबार एक कार्यक्रमको आयोजना गरी निस्सा वितरण कार्य सुरु भएको हो । निस्सा पाएका टीकापुर नगरपालिका वडा न ७ रामजानकी टोलका मीनबहादुर सुनारले निस्सा पाएपछि खुसी हुदै अब लालपुर्जा पाउने कुरा ढुक्क रहेको र अब सो जमिन २० वर्षदेखि भोगचलन गर्दै आएको अब आफ्नो केही कारोबार गर्नसक्ने भएको बताए । कार्यक्रममा टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले आफ्ना वडाका स्थानीयबासी जनताका लागि हरेक कुरामा साथ रहने र यस क्षेत्रको विकासका लागि हर सम्भव भएसम्म तत्पर रहने जग्गा निस्सा वितरण पश्चात् नाप नस्सा गराइ पूर्जा वितरणका लागि प्रक्रिया अगाडि बढाउने बताए ।