बाँकेमा ट्राफिक सप्ताह सुरु

नेपालगन्ज : सडक अनुशासन तथा दुर्घटना न्यूनिकरण गर्न बाँकेमा ट्राफिक सप्ताह सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा सुरु भएको ट्राफिक सप्ताहको बिहीबार बिहान नेपालगन्जमा नेपाल सरकारका गृहमन्त्री नारायण काजी श्रेष्ठले शुभारम्भ गरेका हुन् ।
ट्राफिक सप्ताहको अवसरमा बिहान नेपालगन्जमा प्रभात फेरी गरिएको थियो । प्रभात फेरीमा गृहमन्त्री श्रेष्ठ, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, लुम्बिनी प्रदेश सरकारका सहरी तथा ग्रामीण विकास मन्त्री कृष्णा के।सी नमुना, लुम्बिनी प्रदेशसभा सदस्यहरु अम्बिका काफ्ले र मीना श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कठायत, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।