वडा स्तरीय फुटबल : टीकापुर १, ८ र ९ को सानदार जित

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकामा जारी खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिताको आइतबारको खेलमा टीकापुरको वडा नं. १, ८ र ९ विजयी भएका छन् ।
दोश्रो दिनको पहिलो खेलमा टीकापुर १ ए ले टीकापुर वडा न ६ ए लाई ४ गोलले जित हासिल गरेको थियो । प्रतियोगितामा दोश्रो खेलमा टीकापुर ५ डोङ्गपुरलाई १ गोलबिरुद ६ गोल गरि टीकापुर ८ बि ले जित हासिल गरेको थियो । त्यसैगरि तेस्रो खेल टीकापुर ७ डाडाबोझीलाई ६ (शून्य गोल अन्तर)ले टीकापुर ९ विजय भयो ।
सोमबार टीकापुर वडा न २ ए र टीकापुर वडा न ८ एका बीच पहिलो खेल, टीकापुर ५ पार्क र गेरुवा गाउँपालिका वडा न २ बीच दोस्रो प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेल बर्दियाको राजापुर नगरपालिका ८ र कैलालीको भजनी नगरपालिका वडा न ८ बीच हुने आयोजकले जनाएका छन् ।

खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाको राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जोशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमको सहभागिता रहेको छ ।