वडा स्तरीय फुटबल : टीकापुर २, ५ र बर्दियाको राजापुर-८ को जित

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा जारी मेयर कार्यक्रम अन्तरगत खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिताको सोमबारको प्रतिष्पर्धामा टीकापुरको वडा नं. २, ५ र बर्दियाको राजापुर -८ विजयी भएका छन् ।
टीकापुर ७ सत्ती खेलकुद मैदानमा भएकादोश्रो दिनको खेलमा टीकापुर न २ ए ले टीकापुर-८ ए लाई एक शून्यको अन्तरम गोलले जित हासिल गरेको छ । दोस्रो खेल टीकापुर वडा न ५ बनाना रिसोर्टले पहिलो हाफमा १ गोल गर्न सफल भएको थियो भने दोश्रो हाफमा गेरुवा २ ले गोल फर्काउन सफल भए पछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा गेरुवा २ लाई टीकापुर ५ स्थित बनाना रिसोटले विजय हासिल गर्न सफल भएको हो। त्यसैगरि तेस्रो खेल राजापुर ८ र भजनी ८ बिच भएको छ । जुन खेलमा राजापुर-८ ले ३-१ गोल अन्तरले विजय भएको छ ।

मंगलबार हुने फुटबल प्रतियोगितामा टीकापुर वडा न ७ बि र राजापुर वडा न ४ का बिच पहिलो प्रतियोगिता हुनेछ १ दोस्रो प्रतियोगिता टीकापुर वडा न ५ पार्क र भजनी नगरपालिका वडा न ५ बिच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेल टीकापुर नगरपालिका २ बि र टीकापुर नगरपालिका वडा न ६ बीच हुने आयोजकले जनाएका छन् ।