भानु पुस्तकालय दियो परियोजनाको सामाजिक परीक्षण सम्पन्न

टीकापुर : कैलालीको भानु सामुदायिक पुस्तकालयले सञ्चालन गरेको दियो परियोजनाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका ७ सत्तीमा रहेको भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा रिड नेपालको सहयोगमा दियो परियोजना सञ्चालन भएको हो ।
भानु पुस्तकालयका अध्यक्ष मनिराम ढुङ्गानाको अध्यक्षता भएको सामाजिक परीक्षणमा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने रहेका थिए भने विशिष्ठ अतिथिमा टीकापुर नगरपालिका वडा न ८ वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला रहेका थिए ।समामाजिक परीक्षणमा सुरक्षित आप्रवासन तथा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रम सञचालन गरेकोले परियोजनाको निरन्तरता दिनु पर्नेमा सहभागीले जोड दिएका थिए ।

दियो परियोजनाले वैदेशिक रोजगारीमा गएका परिवार, रोजगारीमा जाने सम्भावना रहेका युवायुवती र वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीसँग वैदेशिक रोजगारीमा कसरी जाने र कसरी सुरक्षित भइन्छ भन्ने विषयमा छलफल गरेकोले अति नै प्रभावकारी भएको उनीहरुले बताएका थिए । पुस्तकालयका उपाध्यक्ष धनसरी कोइरालाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेत, पुस्तकालयका पूर्वअध्यक्ष हरिकुमार कार्की लगायतले परियोजनाको सफलताको कामना गरेका थिए । सामाजिक परीक्षणमा पत्रकारद्वय मानबहादुर ठकुल्ला र भीम बिकले सहजिकरण गरेका थिए ।