हरित अभियन्ता खनाललाई विश्वासिलो सहकारीको सम्मान

ठाकुरबाबा (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिका ८ मढेलामा केन्द्रीय कार्यालय रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिरुवा रोपेर प्रकृति संरक्षण गरेको भन्दै सम्मान गरेको छ ।
जिल्लाको सबैभन्दा ठूलो सहकारी विश्वासिलोको २९औं स्थापना दिवसको अवसरमा अध्यक्ष चित्रप्रसाद खनालले बिहीबार ठाकुरद्वारामा आयोेजित कार्यक्रममा सम्मानित गरिएको हो । खनालले बाँके, बर्दिया, सुर्खेत, दैलेख र अछामसम्म सार्वजनिक स्थल, विद्यालय संघसंस्था श्मशान भुमि, मन्दिर, सार्वजनिक भवन, खेलमैदानमा बिरुवा रोपेर प्रकृति संरक्षणमा योगदान गरेको भन्दै सम्मान गरेको सहकारीका अध्यक्ष खनालले प्रष्ट पारे ।

खनाल सहकारीका शेयर सदस्य पनि हुन् । उनले लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका जिल्लामा २१ वर्षको अवधिमा झन्डै १५ हजार बिरुवा लगाएको सहकारीले जनाएको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले ठाकुरद्वाराको ठाकुरबाबा मन्दिर परिसरमा सरसफाइ गर्नुको साथै वर, पिपल ,गुल्मोहर, निम, पारिजातका बिरुवा वृक्षारोपण गरेको थियो ।