बैजनाथको पत्रकारिता तालिम सम्पन्न

जीगाउँ (बाँके) : बाँकेको बैजनाथ गाँउपालिकामा सञ्चालित पाँच दिने आधारभूत पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शिलालेख मल्टिमिडिया प्रालिले सञ्चालन गरेको तालिममा गाउँपालिकाको ८ वटै वडामा चार चार जनाका दरले ३२ जना किशोरकिशोरीको सहभागिता रहेको थियो । पत्रकारहरु शंकरप्रसाद खनाल, विमला चौधरी, प्रियास्मृति ढकाल र अमृता केसीले सहजीकरण गरेका थिए ।
तालिम समापनका अवसरमा सहभागीहरुले तालिमपछि पत्रकारिता पेशामै आबद्ध हुने प्रतिबद्धता जनाएका थिए ।

शिलालेख मल्टिमिडियाका अध्यक्ष कमला हमालको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, नेपाली कांग्रेस बाँकेका सहसचिव विनोद थारु, अन्नपूर्ण पोस्ट् दैनिकका उप-सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, बैजनाथ दैनिकका सम्पादक कुशल दलामीले सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उर्तान समाचार लेख्न आग्रह गरेका थिए । बैजनाथ  गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले मंगलबार तालिमको शुभारम्भ गरेका थिए ।