जंक फुडबाट हुन्छ, मानसिक समस्या ; डा. उप्रेती

नेपालगन्ज : पोषणविद् डा.अरुणा उप्रेतीले जंक फुडबाट मानसिक स्वास्थ्य समस्या बढिरहेको बताएकी छन् । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले आइतबार नेपालगन्जमा आयोजना गरेको मानसिक स्वास्थ्यः आमसञ्चार माध्यमको भूमिका विषयमा बाँके र बर्दियाका सञचारकर्मीबीच आइतबार नेपालगञ्जमा छलफल गरिएको हो ।
उनले भनिन्, जंकफुडले बढ्दो अस्वस्थ जीवनशैली र मानसिक समस्या निम्त्याउने गरेको छ । खानपान लगायतका विभिन्न कारणले मानसिक समस्या घरैपच्छिे देखिन थालेको डा.उप्रेतीकोे दाबी छ । ढिलो उपचार र अन्धविश्वासका कारण मानसिक रोग दीर्घकालिन समस्याका रुपमा देखा परिरहेको उनको भनाइ थियो ।
संसारभर १३ देखि १६ प्रतिशतहरु कुनै न कुनै बेला मानसिक समस्या झेलिरहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालका अस्पतालमा आउनेमध्ये करिब २५ प्रतिशत बिरामीमा मानसिक समस्या देखिएको उनले बताइन् ।
मानसिक रुपमा स्वस्थ हुनका लागि खानेकुराहरुलाई समेत परिवर्तन गर्न आवश्यक रहेको उनको सुझाव छ ।