उर्जा मन्त्री नमुनालाई नेपालगन्जको विद्युत समस्या समाधान गर्न १५ बुँदे ज्ञापन पत्र

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त उर्जा, जलश्रोत र सिंचाइ मन्त्री कृष्णा केसी नमुनालाई नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वको अनियमित विद्युत समस्या समाधान संयन्त्रले १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
संयन्त्रका संयोजक तथा संघका अध्यक्ष टंकबहादुर धामीले बुधबार नेपालगन्जमा मन्त्री नमुनालाई विद्युत सेवाको तत्काल गर्नुपर्ने ९ बुँदे र दीर्घकालीन समस्या समाधानका ६ गरी १५ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

मन्त्री नमुनाले नेपालगन्ज क्षेत्रमा देखिएको विद्युत समस्या प्राथमिकता साथ समाधान गरिने प्रतिबद्धता जनाइन् । केही दिन अघि सर्वदलीय तथा सर्वपक्षीय भेलाबाट संयन्त्र गठन गरिएको थियो ।

यस्तो छ ज्ञापन पत्र