पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमण गरी सडक निर्माण

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको जग्गा अतिक्रमण गरी सडक निर्माण थालिएको छ ।
महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले मंगलबार पत्रकार सम्मेलन गरी नेपालगन्ज ४ वडा कार्यालयको बजेटमा वडाध्यक्ष गोपाल पुनको निर्देशनमा सडक बनाउन थालिएको बताए ।

महासंघलाई साबिकको नेपालगन्ज नगरपालिकाले वडा नं. ५ बसपार्क नजिक दुई कठ्ठा साढे १४ धुर जग्गा २०६६ सालमै भोगाधिकार हुने गरी दिएको थियो । वडा कार्यालयको उक्त निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकारका संघसंस्थाले घोर आपत्ती जनाएका छन् ।