सम्पादक खनाललाई सम्मान

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले समाचारमूलक अनलाइन मिडिया मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरेको छ ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको बेला स्थलगत रुपमा जाजरकोट पुगेर समाचार संकलन गरेको भन्दै संघका अध्यक्ष टंकबहादुर धामीले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा खनाललाई सम्मान गरेका हुन् ।
संघले गत २० र २१ कार्तिक २०८० मा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सवा तीन लाख रुपैयाँ बराबरको खाद्यान्न, त्रिपाल, कम्मल, पीफर्म लगायतका राहात वितरण गरेको थियो । सोही राहात संकलनमा सहयोग गर्ने ३५ जना उद्योगी, व्यवसायी र संघसंस्था र संघलाई क्यालेण्डर बनाउन विज्ञापन दिने अरु २१ औद्योगिक प्रतिष्ठान र उद्योगी व्यवसायीलाई पनि संघले सम्मान गरेको थियो ।