८ वटा लायन्स क्लबको पदस्थापना सम्पन्न

नेपालगन्ज : बाँकेमा समाज सेवाको क्षेत्रमा क्रियाशील ८ वटा लायन्स क्लबहरुको शुक्रबार नेपालगन्जमा संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएकोे छ ।
लायन्स क्लब अफ नेपालगन्ज, इनोभेटिभ, मिड टाउन, सिनर्जी, सिद्धिविनायक, गोल्ड, एनएलएफ र जीवनले संयुुक्त रुपमा पदस्थापना तथा पदभार ग्रहण गरेका हुन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर विनोदकुमार श्रेष्ठले ८ वटा क्लबका लायन वर्ष २०२४/०२५ का अध्यक्ष, उपाध्यक्ष, सचिव र कोेषाध्यक्षलाई पद गोपनीयताको शपथ खुवाएका थिए ।

त्यसैगरी डिष्ट्रिक ३२५ एनका फस्ट भाइस गर्भनर ज्ञानेन्द्र श्रेष्ठले ८ वटै क्लबबाट यो वर्ष लायन्स क्लबको नयाँ सदस्य बनेकाहरुलाई सपथ खुवाएका थिए ।

सो अवसरमा ती क्लबका पूर्वअध्यक्षहरुले एक वर्षे कार्यकालको प्रतिवेदन र नवनिर्वाचित क्लब अध्यक्षहरुले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गर्भनर श्रेष्ठ, निर्वतमान गर्भनर मुकुट ढकाल, फस्ट भाइस गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, सेकेण्ड भाइस गर्भनर टीकाराम चपाइँ, पूर्व गर्भनर मधुसुधन शर्मा रिजाल, नेत्रराज चटौत, बुद्धिबहादुर विक लगायतले अघिल्लो लायन्स वर्षका अध्यक्ष तथा पदाधिकारीलाई बधाइ र नवनिर्वाचित अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।