सम्पादक खनाललाई अवधी गौरव सम्मान

नेपालगन्ज : अवधी सांस्कृतिक प्रतिष्ठानले मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई यस वर्षको अवधी गौरव रजत सम्मान प्रदान गरेको छ ।
अवधी भाषाका महाकवि तुलसीदासको ५२७औँ जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले आइतबार नेपालगन्जमा आयोजना गरेको चौथो अन्तरदेशीय अवधी महोेत्सव तथा २५औैं अवधी दिवस समारोहमा पत्रकारिताका माध्यमबाट अवध क्षेत्रमा शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति र समाजसेवाकोे क्षेत्रमा योगदान गरेको भन्दै खनाललाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हंसावती कुर्मी, साहित्यकार हरि तिमिल्सैना, प्रतिष्ठानका अध्यक्ष रमेशचन्द्र कुमाललगायतले सम्मान गरेका हुन् ।
सम्पादक खनालसँगै गोरखापत्रकर्मी सिराज खान, नेपाल टेलिभिजनकर्मी रामचन्द्र लोहार, रेडियो कृष्णसारका लोक गायक मधइ सिंह सरदार र चन्दा सिंहलगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।