भेरी अस्पतालमा घट्यो ६० प्रतिशतसम्म शुल्क

नेपालगन्ज : भेरी अस्पतालले निश्चित सेवामा कम्तीमा ५३ देखि बढीमा ६० प्रतिशत शुल्क घटाएको छ ।
भेरी अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले अस्पतालबाट प्रवाह भइरहेको डेक्सा स्क्यान शुल्कमा ६० प्रतिशत घटाइएको छ । डेक्सा स्क्यान शुल्क दुई हजार ५०० बाट घटाएर एक हजार ५०० कायम गरिएको समितिले निर्र्णय गरेको छ । अस्पताल विकास समिति सदस्य डा.डक्टप्रसाद धितालले जानकारी दिए ।
ओपीजी शुल्क भने ५३ प्रतिशत घटाएको छ । अस्पतालमा यसअघि ओपीजी शुल्क एक हजार ५०० थियो । अहिले घटाएर ८०० बनाएको छ । त्यसैगरी अस्पतालले इमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तिको ब्यवस्थापन गरी चौबिसै घण्टा सेवा प्रदान गर्ने, अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथाशीघ्र सञ्चालनमा ल्याउने निर्णय भएको धितालले बताए ।
अस्पतालको ओपीडी टिकट काउण्टरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाँगता र गर्भवती महिलाहरुलाईनमा नबसी यथासिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ । बिग्रिएको सिटी स्क्यान मेसिन यथाशीघ्र मर्मत गरी वा संघीय सरकारसँग माग गरेर सेवा सञ्चालन गरिने जानकारी दिए ।
पछिल्लो समय अस्पतालमा धेरै सुधारका कामहरु भएका छन् । वटा रहेको । अस्पतालका कर्मचारी र सेवाग्राहीहरुको लागि छुट्टाछुट्टै २ वटा पार्किङ स्थल सञ्चालन, ओपीडीमा चिकित्सकहरुले लेखेको औषधि अस्पतालमै पाइने व्यवस्था मिलाइएको छ । त्यस्तै १५० शैयाको अस्पतालको स्तरोन्नती गरेर २७० शैया सञ्चालन गरिएको छ । अनलाइन सुljधाबाटै टिकट काट्न सकिने व्यवस्था भएको छ ।