नेपालगन्ज उद्योग वाणिज्य संघ निरन्तर वृृक्षारोपण अभियानमा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा वृक्षारोपण अभियान सुरु गरेको छ ।
संघले सहर हराभरा बनाउने उद्देश्य अनुरुप नेपालगन्ज उप महानगरपालिकासँगको सहकार्यमा बिरुवा रोप्ने दीर्घकालिन लक्ष्य अनुरुप शनिबार र आइतबार नेपालगन्जको राँझा र गणेशपुरमा वृक्षारोपण गरेको हो ।
संविधानसभा सदस्य हाजी भोला सिद्दिकीको प्रमुख आतित्थ्यतामा नेपालगन्ज (४ गणेशपुर स्थित मदिना नुरी मस्जिद परिसरमा आइतबार वृक्षारोपण गरिएको थियो । संघका अध्यक्ष टंकबहादुर धामीको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मंसुरी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष नन्दलाल वैश्य, संघका पदाधिकारी तथा कार्य समिति सदस्य, निवर्तमान कार्य समिति सदस्य, वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

यस अघि शनिबार नेपालगन्ज २० राँझा मनिकापुरस्थित पशुपतिनाथ मन्दिर परिसरमा पनि वृक्षारोपण अभियानको महासंघ सदस्य मन्सुरी, महासंघ पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ र संघका अध्यक्ष टंकबहादुर धामीले शुभारम्भ गरेका थिए । महासचिव भीमबहादुर रानाभाटका अनुसार संघको वर्तमान कार्य समितिले आफ्नो कार्यकालभरी नेपालगन्जमा एक लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ ।