निःशुल्क शैक्षिक सामग्री पाएर विद्यार्थी खुसी (फोटो फिचरसहित)

नेपालगन्ज : नेपाल मानव धर्म सेवा समिति नेपालगन्ज आश्रमले बाँकेका दुई वटा सामुदायिक विद्यालयका सवा एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
समितिले शिक्षा अभियान अन्तर्गत नेपालगन्जका राम जानकी राष्ट्रिय प्राथमिक विद्यालय लगदहवा र र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय संगमनगरका १२३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । वितरण गरिएका शैक्षिक सामग्रीहरुमा प्रति विद्यार्थी कापी नौ वटा, पेन्सिल, इरेजर, कटर र पेन्टिङ कलर रहेको संस्थाका सह-सचिव कृष्ण काफ्लेले जानकारी दिए ।

नेपाल मानव धर्म सेवा समितिको नेपालगन्जस्थित राप्ती भेरी आश्रम प्रमुख महात्मा चाँदना वाइजी, समितिका प्रचारिका महात्मा चन्द्रकान्ता वाइजी, प्रचारिका महात्मा वैरागिनी वाइजी, समितिका अध्यक्ष विन्दाकुमारी खरेल, नपालगन्जको सगरमाथा इग्लिस मिडियम हाइस्कुलका प्रबन्ध निर्देशक कुशल पाण्डे, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।


समितिलाई सगरमाथा स्कुल, पुञ्पाञ्जली कापी उद्योग नारायणगढ र डीके इन्टरप्राइजेज नेपालगन्जले शैक्षिक सामग्री सहयोग गरेका थिए । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु निकै खुसी देखिन्थे ।