बाल सुधार गृह प्रमुखसहित ३ जनालाई सम्मान

नेपालगन्ज : बाँकेको जयन्दु बाल सुधार गृहका प्रमुख विमला काउचा मगरसहित तीन जनालाई सम्मान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके र युसेप नेपाल केन्द्रीय कार्यालयले ६०औै राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार प्रमुख विमलासहित बालसुधार गृहमा कार्यरत कर्मचारीहरू होस्टेल वार्डेन मलखे सिंह र नेपाल प्रहरीका असइ कुलबहादुर बिकलाई कदर पत्र र प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको होे ।

बालदिवसको अवसरमा बाल सुधार गृहमा सञ्चालन गरिएको विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी बालकहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।