रगत अभावका बेला लायन्स क्लबद्वारा नेपालगन्जमा १०१ प्रिन्ट संकलन

नेपालगन्ज : रगत अभाव पूर्ति गर्न नेपालगन्जका लायन्स क्लबले शुक्रबार १०१ प्रिन्ट रक्तदान गरेछन् ।
संविधान दिवसको अवसर पारेर लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एन एरिया नं. ४ का २४ वटा लायन्स क्लबले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोेजना गरेका हुन् ।
रक्तदान कार्यक्रम संयोजक कृष्णप्रसाद श्रेष्ठका अनुसार लायन्स क्लब, लियो क्लब, प्याब्सन, सुरक्षा निकाय लगायतका सबै क्षेत्रका व्यक्ति रक्तदान गरेका हुन् ।
यसअघि रक्तदान कार्यक्रमको नेपालगन्ज उप महानगरपालिका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । उनले सेवाको क्षेत्रमा लायन्स क्लबले गरिरहेको कार्यको प्रशंशा गर्दै लायन्ससँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, ठूलो संख्यामा लायन्स र लियो सदस्य लगायतको सहभागिता रहेको थियो । मानवीय सेवाका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।