डा. कनोडियालाई सम्मान

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक डा. सुरेश कनोडियालाई सम्मान गरिएको छ ।
बाँकेको दीर्घायु हाउस प्रालिले सञ्चालन गरेको स्वास्थ्यपेज डकटमले पाँचौं वार्षिकोत्सवको अवसरमा मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा पश्चिम नेपालमा निजी क्षेत्रमा गरेको योगदानको कदर गर्दै डा. कनोडियालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद थापा र स्वास्थ्य पेजका प्रकाशक पत्रकार प्रियास्मृति ढकाल ले दोसल्ला तथा कदरपत्रले कनोडियालाई सम्मान गरेका थिए ।
बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीमा नेपालगन्ज मेडिकल कलेज स्थापनाका साथै कोहलपुर र नेपालगन्जमा शिक्षण अस्पताल स्थापनामा कनोडियाको योगदान रहेको छ ।